१३ बैशाख २०८१, बिहीबार

अस्पतालको जमिन मणिपाललाई फिर्ता हुदैन : मुख्यमन्त्री राउत

lal babu rautt 1140x570 1

बिहिवार जनकपुरधामस्थित मुजेलियामा रहेको मणिपालमा, कोभिड विशेष अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अव यो अस्पतालको जमिन मणिपाललाई फिर्ता नगर्ने बताएका छन् ।

‘यो अस्पतालसहित गुठि संस्थानसँग मणिपालले दिएको १७ विग्हा जग्गा प्रदेश सरकारकै अधिनमा रहन्छ,यो मणिपाल शिक्षण अस्पताललाई फिर्ता दिदैनौ,मुख्यमनन्त्री राउतले भने,‘ कुनै काल खण्डमा गुठीसँग मणिपाल मेडिकल कलेजले लिजमा लिएको थियो । तर अव यो प्रदेश सरकारको भएको छ । गुठी संस्थानको नयाँ ऐनमा स्पष्ट रुपमा लेखिएको छ, गुठीको जग्गामा प्रदेश सरकारको समन्वयमा मात्रै लिजमा लगाउन सकिन्छ ।’ अव उक्त जग्गाको रेखदेखको जिम्मेवारी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहने मुख्यमन्त्री राउतले दावि गरे । विगत १ वर्ष देखि नै उक्त भवनमा कोभिड विशेष अस्पताल संचालन गर्ने प्रयास गरिए पनि विभिन्न अवरोधहरुका कारण आज देखि मात्र संचालनमा ल्याउन सकिएको हो । कोरोना संक्रमितको उपचार सँगै अन्य विशेषज्ञ रोगको पनि उपचार सेवा समेत यहाँबाट सुरु हुने मुख्यमन्त्री राउतको भनाई थियो ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे । स्थापनाको छोटो समयमै ४ विग्हामा शिक्षणको अनुमति प्राप्त गरेको प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने मन्त्री साहले बताए । उक्त विधाहरुको अध्यापन तत्काल प्रादेशिक अस्तपाल जनकपुर अन्तर्गत रहेका जनकपुर नर्सिङ कलेजमा हुने बताईएको छ । प्रतिष्ठानका उपकुलपति डा.राम केवल साहको अध्यक्षतामा भएको कार्यक्रमा जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा,प्रदेश सरकारका सचिवहरु, प्रदेश प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका डिआईजी सिद्धि गौतम लगायतका सहभागिता रहेको थियो ।

मुख्यमन्त्री स्वच्छता अभियानका इन्जिनियर भगवान झाको एक बर्षको लगनशिलता र अथक प्रयासले सो अस्पताल सञ्चालनमा आएको छ । उनी दिन रात एक गरि अस्पताल सञ्चालन गराउन लागिपरेका थिए । भगवान झाकै विशेष उपस्थितिमा अस्पतालको रंगरोगन, मर्मतसम्भार लगायतको काम सम्पन्न गरिएको छ । सो अस्पतालमा एमडीको पनि पढाई हुने जानकारी दिइएको छ ।