६ बैशाख २०८१, बिहीबार

युरोकप : डेनमार्कविरुद्ध बेल्जियमको रोमाञ्चक जित

de bruyne denmark

युरो कप २०२० को समूह सीको रोमाञ्चक खेलमा बिहीबार बेल्जियम डेनमार्कलाई २–१ ले हराएको छ ।

 कोपेनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले २-१ को रोमाञ्चक जित निकालेको हो।

१६ औँ संस्करणको प्रतियोगिता अन्तर्गत बेल्जियमविरुद्ध खेलको दोस्रो मिनेटमा गोल गर्दै डेनमार्कका युसुफ पोल्सेनले डेनमार्कलाई अग्रता दिलाएका थिए। यो युरोपियन फुटबल इतिहासमा दोस्रो छोटो समयमा गरिएको गोल हो।

पहिलो हाफमा डेनमार्क १-० गोलले अघि रह्यो। दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै, ७० औँ मिनेटमा केभिन डि ब्रुएनेले गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए।

यो बेल्जियमको लगातार दोस्रो जित हो भने डेनमार्कको यो दोस्रो हार हो।

समूह ’बी’ मा रहेको बलियो टिम बेल्जियम आज जित निकाल्दै आगामी यात्रा सहज बनाएको छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। ६ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ।

    सम्बन्धित समाचार...