१२ बैशाख २०८१, बुधबार

जसपा उपेन्द्र पक्षले पार्टीबाट ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीहरुलाई निष्कासित

upendra yadav 1140x570 2
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी भएका सबै मन्त्रीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको जसपाको कार्यकारिणी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका ९ जना मन्त्रीहरुलाई पाटीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी भएका जसपाका बाँकी नेताहरूलाई निष्कासनको निर्णय गरेको हो ।

त्यस्तै बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।