१४ बैशाख २०८१, शुक्रबार

जनकपुरमा ४ वर्षिय बालिका बलात्कृत, आँप बगैँचामा अचेत भेटिइन् बालिका

rape
सांकेतिक तस्विर

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २२ स्थित बसबिट्टी बस्ने ४ वर्षिया बालिकालाई छिमेकीले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकालाई सोही वडाका ५० वर्षिय छेदु मण्डलले जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बालिकालाई आरोपीत मण्डल घटनाको भोलि पल्ट बुधबार जिल्ला प्रहरी कार्यलयमा आत्मसमर्पण गरेको छन् । गाउँलेहरुले आरोपित मण्डलको घर घेरेपछि प्रहरी समक्ष आत्मसमर्पण गरेको थिए ।

मंगलबार साँझ छेदु मण्डलले ४ वर्षिय बालिकालाई खेलाउनका लागि काखी च्यापेर घर लगेको परिवारको दावी छ । घरमा कोहि नभएको मौका छोपी आरोपित छेदु मण्डलले बालिकालाई आँपको बगैचामा लगेर जबर्जस्ती करणी गरेको परिवारले आरोप लगाएका छन् ।

अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले बालिकाको खोजविन गर्दा घर भन्दा करिब २ सय मिटर रहेको आँपको बगैँचामा अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेको थियो ।

यसअघि पनि आरोपित छेदु मण्डललाई आफ्नै गाउँकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । तर उतिबेला स्थानीयस्तरमै सो घटनालाई गाउँमै ढाकछोप गरी पञ्चायतीबाटै जरिवाना गरि गाउलेहरुले मिलाएका थिए।

घटनाको सम्बन्धमा पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।