१३ बैशाख २०८१, बिहीबार

अपडेट मेलम्ची बाढी: ७ जनाको शव भेटियो

sindu2021 06 16 11 35 58

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बेपत्ता भएका ७ जनाको शव भेटिएको हो ।

डीएसपी सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।