१३ बैशाख २०८१, बिहीबार

सडक दुर्घटनामा ‘गन गर्ल’ अभिनेत्रीको निधन

lizabenth

सडक दुर्घटनामा परिन ‘गन गर्ल’ अभिनेत्री लीजाबेन्स निधन भएको छ । न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सडक हिडिरहेको अव्सथामा उनलाई स्कुटीले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी लीजाबेन्सलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो ।

उनको उपचारकाक्रममा निधन भएको अस्पतालले जनाएको छ । उनको निधन भएको खबरले लीजाको सहकर्मीले निकै भावुक स्टाटस लेखेकी छन् । उनले लेखेकी छन् ‘लीजाको निधमा दुखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’ अभिनेत्री लीजाले अभिनय गरेका थुप्रै टिभी सिरियल र फिल्महरु रहेका छन् । जस मध्ये ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’मा अभिनय गरेपििछ उनी चर्चामा आएकी थिइन् । साथै थुप्रै शोमा उनले काम गरेकी छन् ।