७ बैशाख २०८१, शुक्रबार

डाइपर फेरिरहँदा अवतारमा छानिएकी थिइन् सलदाना

zoe saldana

हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ । सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ ।

हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो । जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी थिइन् । उनले आफूले कसरी ‘अवतार’मा जोडिने अवसर पाइन् भन्ने अनौठो किस्सा सुनाएकी थिइन् ।

‘म त्यो क्षणलाई भुल्न सक्दिनँ । जब मलाई फिल्मको टिमले फोन गरे । म त्यतिबेला जिममा थिएँ, त्यही बेला म यो फिल्ममा छानिएको फोन आएको थियो । मलाई नेयत्रीको भूमिकामा अभिनय गर्न प्रस्ताव गरिएको थियो । जुन समयमा जिमको काम सकेर भतिजीको डाइपर फेरिरहेको थिएँ । यसअघि मैले डाइपर हेर्दा यति धेरै इन्जोय गर्ने अवसर पाएको थिइनँ,’ उनले हाँस्दै भनिन् ।

‘अवतारः द वे अफ वाटर’ मा जो सलदानाका अलावा केट विन्सलेट, सेम वर्थिंगटन, स्टीफन लैंग, मिशेल रोड्रिग्ज, विन डीजल जस्ता कलाकारको अभिनय छ । जेम्स क्यामरुनको यो फिल्म १६ डिसेम्बरमा रिलिज हुँदैछ । फिल्म यसपटक समुन्द्र तटको आसपास सुट गरिएको छ । फिल्मको दोस्रो भर्सन १९ सय करोडमा निर्माण गरिएको छ ।

१८ सय करोडमा निर्माण भएको ‘अवतार’ ले विश्वव्यापी रुपमा २० हजार ३ सय ६८ करोड रुपैंयाँको कमाई गरेको थियो ।