१६ चैत्र २०८०, शुक्रबार

फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लियो

nepali team
फाइल फोटो

फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ ।फिफाद्वारा सार्वजनिक नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा थियो ।

सन् २ हजार १९ पछि नेपाली फूटबलको वरियतामा सुधार आएको हो । सन् २ हजार १८ मा १ सय ६१ औं स्थानमा रहेको नेपाल त्यसपछि १ सय ७० औं स्थानमा झरेको थियो ।

त्यस्तै पछिल्लो एक वर्षदेखि १ सय ७१ औं स्थानमा थियो । इराकसँगको मैत्रीपूर्ण फूटबल खेलमा हार ब्यहोरेको नेपालले फिफा विश्वकप छनोटमा चाइनीज ताइपेइलाई तीन(शुन्यले हराएको थियो ।

यस्तै जोर्डन र अष्ट्रेलियासँग समान तीन-शुन्यले नै हारेको थियो ।