१६ चैत्र २०८०, शुक्रबार

बागलुङको मालढुङ्गामा पुल भत्कियो, दक्षिणी भेग सडक सम्पर्क बिहिन

pul

बागलुङको मालढुङ्गामा रहेको पक्की पुल जोखिममा परेको छ । बागलुङ –कुश्मीसेरा सडकको उक्त पुलको एक तर्फको भाग रातको समयमा बाढीले बगाएपछि जोखिममा परेको हो ।

काठेखोला माथीबाट आएको ठुलो चट्टानले सडकका बागलुङ तर्फको भाग बगाएको छ । जिल्लाको दक्षिण भेगलाई जोड्ने उक्त पुल भत्कँदा सम्पुर्ण दक्षिण भेग सडक सम्पर्क बिहिन हुने छ । पुल पुर्ण रुपमा नबन्दा सम्म बागलुङ नगरपालिका–१२,१३,१४ जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई समस्या परेको छ ।

मालढुड्गा चेकपोस्टका प्रमुख बिनय रेग्मीका अनुसार बर्खा नरोकिएको कारणले तत्काल मर्मतको काम सम्भव नहुने बताएका छन् ।