६ बैशाख २०८१, बिहीबार

निशा घिमिरेलाई अभिनेत्री आँचल र गायक शिव परियारको सहयोग

nisha ghimire 1

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई अभिनेत्री आँचल शर्मा र गायक शिव परियारले आर्थिक सहयोग गरेका छन् ।

निशालाई अभिनेत्री शर्माले एक लाख रुपैंयाँ र गायक परियारले १० हजार रुपैंयाँ सहयोग गरेका हुन् । अभिनेत्री आँचलले हिजो आइतबार अस्पताल पुगी निशालाई भेटेकी थिइन् ।

निशासँगको भेटमा निशाका पितालाई आफूले पनि केही आर्थिक सहयोग गर्न चाहेको बताएपछि सोमबार उनले सहयोग गरेकी हुन् ।
गायक शिवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले निशालाई १० हजार सहयोग गरेको जनाएका छन् ।

निशा तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उपचार गर्ने खर्च नपाएपछि उनी ओछ्यानमा थलिएकी हुन् ।