१४ बैशाख २०८१, शुक्रबार

एसिड पिडीतलाई थप उपचारका लागि काठमाण्डौं पठाइयो

dipika 800x445 1 750x375 1

श्रीमानले श्रीमती माथि एसिड छ्याप्दा घाइते भएकी पीडित महिलालाई मेची महाकाली बुहारी संयुक्त आवाज प्रदेश २ की संयोजक पुजा पाठक तिमिल्सिनाको सहयोगमा आइतवार थप उपचारको लागि काठमाण्डौं पुर्याईएको छ ।

आफ्नै घरमा बसेको बेला रौतहटको चन्द्रपुर नगरपालिका–४ मा घरायसी विषयमा भएको विबाद लिएर ४२ वर्षीय दिपक विकले आफ्नै श्रीमती ३८ वर्षीया दिपिका विश्वकर्मा माथि एसिड प्रहार गरेका थिए । प्रहर गर्दा घाइते भै तत्काल उपचारको लागि स्थानीय एपोलो अस्पतालमा लगिएको थियो । पीडित महिलाको बायाँ हात , पेट र खुट्टा तेजावबाट जलेको छ । घटना भएको सुचना पाउने वितिकै प्रहरीलाई सम्पर्क गरेर पीडकलाई नियन्त्रणमा लिनु पर्ने दवाव दिएकी प्रदेश संयोजक पाठक आइतवार विहान अस्पताल पुगेर उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन् । मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रिय अध्यक्ष यमु शर्मा सुब्बा सित सम्पर्क गरि उपचारको लागि किर्तिपुर अस्पतालमा पठाईएको तिमिल्सिनाले जानकारी दिएका छन् । श्रीमती माथि एसिड प्रहर गर्ने श्रीमान दिपक विकलाई प्रहरीले घटना लगतै नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पीडित घाइते दिपिकाले शनिवार साँझ करिव ६ बजे तिर श्रीमानले एसिड खन्याएको बताएकी छिन् ।

शुरुमा विवाद हँुदा श्रीमानले झापड हान्दा गालामा डाम देखिएको छ । सुनचांदीको पसल संचालन गर्दै आएका विकले बोतलमा राखेका एसिड पछाडी लुकाएर राखेको र छ्याप्न खोज्दा देखेर खोस्ने प्रयास गर्दा जिउमा एसिड खसेको उनले वयान दिएकी छिन् । हानथाप हुने क्रममा मुख जोगिएको पीडितको भनाइ रहेको छ । ज्वाईले छोरीलाई सधै कुटपिट गर्दै यातना दिदै आएको पीडितको आमाले आरोप लगाएकी छिन् । महिला माथि हुने घरेलु हिंसा , दाइजोको निहुमा हुने हिंसा , बाल अधिकार , महिला अधिकारको लागि विगत लामो समय देखि कार्य गर्दै आएकी साहसी महिला पाठकले पीडितको उपचारमा भए सम्मको सहयोग सस्थाबाट गर्ने प्रतिवद्धता जनाएकी छिन् ।