१३ बैशाख २०८१, बिहीबार

बाबुराम भट्टराई भने : राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ

Dr Baburam Bhattarai

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीप्रति कडा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीलाई पोखरामा कालोझण्डा देखाएको आरोपमा प्रहरीले समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनसहितका चार विद्यार्थी नेतालाई पक्राउ गरेपछि भट्टराईले आपत्ति जनाएका हुन्।

सोमबार बेलुका ट्वीट गर्दै भट्टराईले ‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधान प्रदत्त लोकतान्त्रिक अधिकार रहेको बताएका हुन्। उनले भनेका छन्, ‘निरंकुश पञ्चायती कालमाझैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो। जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’

सोमबार बिहान प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदा नेविसंघ र समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झण्डा देखाएका प्रयास गरेका थिए ।

पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रम ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि पोखरा पुगेका थिए।