११ बैशाख २०८१, मंगलवार

कलंकीमा ब्रेक फेल ट्रकको वितन्डा, ९ वटा सवारीलाई ठक्‍कर दिएपछि…

accdent kalanki

काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् ।

सोमबार साँझ थानकोटबाट कलंकी आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले नौ वटा सवारीलाई ठक्कर दिएको हो। प्रहरीका अनुसार घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

truck

ट्रकको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको हो।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।