१४ बैशाख २०८१, शुक्रबार

देशभरका स्थानीय तहले अनलाईन विधिबाट विद्यार्थी भर्ना अभियान थाल्ने

Student 1

आगामी असार १ गतेदेखि शैक्षिक सत्र २०७८ सुरु हुँदैछ । अधिकांश विद्यालय १ असारबाट भर्ना र पाठ्यपुस्तक वितरण कार्यक्रम अघि बढाउने तयारीमा छन् ।

शिक्षा मन्त्रालयले समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आवश्यक प्रबन्ध मिलाउन र महामारी सामान्य नभएसम्मका लागि वैकल्पिक विधि (अनलाइन कक्षा) बाट शैक्षिक कार्यक्रम अगाडि बढाउन आफ्ना विभागहरुलाई निर्देशन दिइसकेको छ ।स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रका विद्यालयहरुलाई मन्त्रालयको निर्देशन अनुसार भर्ना अभियान सुरु गर्न भनेका छन् ।

यसअनुसार सबै विद्यालयले जेठ मसान्तसम्ममा आन्तरिक मूल्याङ्कनको परीक्षाफल प्रकाशित गरी १ असारबाट भर्ना अभियान सुरु गर्नु पर्नेछ ।शिक्षा मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न पाठ्यपुस्तकको लागि सबै सामुदायिक विद्यालयलाई रकम निकासा गरिसकेको र नेपाल टेलिकमको क्लोजर युजर ग्रुप (सियुजी) प्याकेज प्रयोग गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।