१५ बैशाख २०८१, शनिबार

गुल्मीमा एक पुरुषको शव फेला

death
सांकेतिक तस्विर

गुल्मीमा एक पुरुषको शव फेला परेको छ । इस्मा गाउँपालिका –५ मा बस्ने ३० वर्षीय विदुरविक्रम कुँवर आज बिहान मृतावस्थामा भेटिएको हो ।

कुँवर घरदेखि करीब तीन सय मिटर नजीकै रहेको राँगाको पाइले भन्ने भीरभन्दा तल मृतावस्थामा फेला परेको इस्मा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मोहनलाल अधिकारीले जानकारी दिनुभयो । उक्त घटना बारे प्रहरीको अनुसन्धान भईरहेको बताउनु भयो ।