१६ चैत्र २०८०, शुक्रबार

‘गाउँको कुरा गाउँमै मिलाउँछौं’ भन्दै गाउँपालिका अध्यक्षनै भगाए बलात्कारी

miya 750x375 1

पर्साको जगरनागपुरमा भएको बलात्कारको घटनालाई जनप्रतिनिदिबाट नै लुकाउने प्रयागरिएको छ । शनिबार भएको बलात्कारको घटनामा संलग्नलाई प्रहरीबाट जोगाउन गाउपालिका अध्यक्षले चहलखेल गरेको आरोप पिडित पक्षको रहेको छ । पर्साको जगरनाथपुर गाउँपालिका–४ बलात्कारको घटना प्रहरीबाट लुकाउन शनिबार राति गाउँमै ‘पञ्चायती’ गरिएको पाइएको छ । गाउपालिका प्रमुखकै अगुवाइमा भएको पञ्चायतीद्धरा घटनालाई दबाउन खोजिइएको स्थानियको आरोप छ । गाउँमा प्रहरी पुग्दा पीडक युवकलाई प्रमुखकै योजनामा भगाइएको स्थानीयले आरोप लगाएका छन् ।

शनिबार साँझ साढे ६ बजेतिर जगरनाथपुर टोलमा बस्ने १५ वर्षीया किशोरीलाई सोही टोलका २२ वर्षीय युवकले जबरजस्ती करणी गरेका थिए । प्रहरी समक्ष पिडितले दिएको व्यानअनुसार किशोरीका आमाबुबा बाहिर गएको मौका छोपेर छिमेकी युव घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेका थिए । पिडितका आफन्तले राती ८ बजेतिर प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी गाउ पुगेको थियो । जगरनाथपुर गाउपुगेका पाँडेपुर प्रहरी चौकीका असईसहित दुई जना प्रहरीले युवकलाई पक्राउ गर्न जनप्रतिनिको उकसाहटमा स्थानियले विरोध गर्न थालेपछि युवक फरार भएका छन् ।

‘गाउँको कुरा गाउँमै मिलाउँछौं’ भन्दै गाउँपालिका प्रमुख जालिम मियाँले प्रहरीलाई फिर्ता हुन स्थानीयलाई उचालेर विरोधसमेत गर्न लगाए पछि आरोपि युवक भागन सफल भएका थिए । पीडकको घरनजिकै प्रहरी पुग्दासम्म ती युवक घरमै थिए । गाउँपालिका प्रमुख मियाँ घटना भएको जगरनाथपुर टोलकै बासिन्दा हुन् । ‘पीडितका अभिभावक समेतलाई प्रभावमा पारेर घटनालाई दबाउन खोजिएका प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए । ‘ गाउँपालिका प्रमुखलाई जसरी पनि युवकलाई हाजिर भनेपछि आइतबार बिहान हाजिर गराउने प्रहरीसमक्ष मियाले प्रतबद्धता व्यक्त गरेका थिए । तर बिहान गाउँमा प्रहरी पुग्दा ती युवक भेटिएनन् ।’

गाउँलेका अनुसार शनिबार राति प्रहरी फर्किएपछि गाउँपालिका प्रमुख मियाँले पञ्चायती गरेका थिए ।

गाउँपालिका प्रमुख मियाँले ‘युवक र युवतीको आपसमा लभ भएको बताए । परिवारलाई जानकारी नभएकोले बलात्कारको हल्ला फिजाइएको मियाको तर्क थियो । दुवैको विवाह गराउन सबै राजी भएका पछि कुरा मिलेको उनको भनाइ थियो ।जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलसँगको सल्लाहमा अगाडि बढ्ने जनाएको छ ।