१४ बैशाख २०८१, शुक्रबार

प्रदेशसभा सदस्यको छोरा सावारी ज्यान मुद्दामा पक्राउ

Accident copy 750x375 1

विराटनगरमा एक भारतीय नागरिकको मृत्यु हुनेगरी सवारी दुर्घटना गराई फरार रहेका चालक रोबिन भनिने रविन कार्कीलाई चार दिनपछि प्रहरीले पक्राउ गरेको छ ।

कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाट नै पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । बिहीबार राति साढे सात बजे प्रदेश सांसद कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । एसपी खड्काले कार्कीलाई आजै मोरङ अदालतमा म्याद थप गर्न लगेको छ । प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सावारी ज्यान मुद्दामा’ म्याद थप गरिने भएको छ । ‘दुर्घटनामा संलग्नलाई पक्राउ गरि अहिले म्याद थप गर्न अदालत लिएर गएको छ,’ एसपी खड्काले भने, ‘म्याद गरेपछि थप अनुसन्धान गरिनेछ ।’

मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन्। दुर्घटना गराउने कार्की प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा हुन् ।