१३ बैशाख २०८१, बिहीबार

जसपाले टुङ्ग्यायो मन्त्रीहरुको नाम, मन्त्रालयमा कुरा मिले आजै सपथ हुने

oli mahantha 1024x427 1

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ ।

जसपाका एक कार्यकारिणी समिति सदस्यले दिएको जानकारी अनुसार राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् । यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने बताइएको छ ।

यद्यपि, मन्त्रालयको विषयमा भने कुरा मिलेको छैन । आफूले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको छ । तर हालसम्म यस विषयमा कुरा मिलेको छैन । मन्त्रालयमा कुरा मिले आजै साँझसम्म सपथ लिने तयारी समेत गरिएको छ ।

मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल हुँदैछ ।