१४ बैशाख २०८१, शुक्रबार

जसपा विवाद थप उत्कर्षमा

jasapa
फाइल फोटो

जनता समाजवादी पार्टी नेपाल (जसपा)को विवाद थप उत्कर्षमा पुगेको छ ।

मंगलबार दुवै पक्षले एक–अर्कोलाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले चार नेतालाई निष्कासनको निर्णय गरेलगत्तै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीका नेताहरुलाई कारवाही गर्ने र पार्टीभित्र फुटको सिर्जना गर्न खोजेकाले अध्यक्ष यादवलाई कारवाही गरिएको जसपा महन्थ पक्षका नेता प्रमोद साहले जानकारी दिनुभयो । अहिले पार्टी अध्यक्ष ठाकुले सकेसम्म पार्टीलाई बचाउन खोजेको उहाले बताउनुभयो । साहले अहिले मधेशका मुद्धाहरुलाई सरकारले सम्बोधन गरिरहदा खुसी मनाउनुपर्ने बेला कारवाही गरेर मधेका जनताको भावनामाथि यादव पक्षले प्रहार गरेको जिकिर गर्नुभयो ।

यसअघि यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ । कार्यकारिणी समितिको बैठकलगत्तै यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको पत्र आयोगमा पठाउनुभएको हो । निर्वाचन आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।