८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिने, किराना र पुस्तक पसल खुल्ने

lockdown 11

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । जारी निषेधाज्ञाको अवधि एकसाता देखि १० दिनसम्म थप्ने निष्कर्षमा पुगेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

जारी निषेधाज्ञा बिहीबार रातिदेखि सकिन लागेको बेला प्रजिअहरुको बैठकले उक्त छलफल गरेको हो । निषेधज्ञा थप्ने विषयमा निष्कर्षमा पुगे पनि यस बारे भोलि निर्णय सार्वजनिक गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताव पसल विहान नौ बजे सम्म खोल्न दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान नौ बजेसम्म मात्र खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।