१४ बैशाख २०८१, शुक्रबार

जसपा विवाद : ठाकुर पक्षबाट पनि यादव निष्कासित

upendra mahanta
फाइल फोटो

पार्टी विभाजनको औपचारिक घोषणा मात्र हुन बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको काउण्टरमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।

ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको छ । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । यसले जसपामा एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी चलेको छ । जसपाको ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ । ८ मन्त्री र दुई राज्यमन्त्री जसपाले पाउने प्रधानमन्त्री ओलीसँगको वार्तामा सहमति जुटेको बताइएको छ ।