२६ बैशाख २०८१, बुधबार

प्रहरीको नाउँमा रकम असुल्ने युवक पक्राउ

thumb.php 750x375 1

प्रहरीको नाममा रकम असुली गर्ने एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टी टोलमा प्रहरी कर्मचारी भएको भन्दै स्थानीयलाई धाक धम्की दिदै आएका सोहि वडा निवासी रमन पटेलका ३० वर्षीय छोरा सुशील पटेललाई प्रहरीले पक्राउ गरेको हो । नक्कली प्रहरी बनेर निषेधाज्ञाअवधिमा सिमा पारि गरिदिने प्रलोभन दिएर रकम असुली गर्ने गरेको आएको सुचनाको आधारमा पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल भारत खुल्ला सिमा भएकोले निशेधाज्ञाको अवस्थामा नेपाली नागरिकहरु दैनिक उपभोग्यको सामग्री भारतको ैरगनिया बजारमा जाने गरेको छ । भारतको बैरगनिय जाने तथा बैरगनियाबाट आउने स्थानीय व्यक्ति सित पटेलले नेपाल प्रहरीको कर्मचारी भएको भनेर रकम लिने कार्य गर्दै आएकोमा प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका पटेललाइ हिर ासतमा राखेर थप अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन् ।