१४ बैशाख २०८१, शुक्रबार

माटोको ढिस्कोले पुरिएर गोरखामा दुईको मृत्यु

death body 696x392 1
सांकेतिक तस्विर

माटोको ढिस्कोले पुरिएर गोरखामा २ जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर १ भिरसिङमा घरको कम्पाण्डवाल निर्माण गर्ने क्रममा खसेको डिस्कोमा पुरिएर सोमबार उनीहरुको ज्यान गएको हो ।

दिउँसो ३ बजेतिर घटेको उक्त घटनामा परी ४८ वर्षका काले गुरुङ र ३५ वर्षीय भीमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।