१६ चैत्र २०८०, शुक्रबार

‘कोभिड–१९ संकट ब्यवस्थापन, ‘अध्यादेश’को उल्लंघन गर्नेलाई ६ महिनासम्म कैद गरिने

kathmandu cdo office

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जारी गरिएको ‘कोभिड–१९ संकट ब्यवस्थापन सम्बन्धमा ब्यवस्था गर्न बनेको अध्यादेश–२०७८’को पालना नगर्ने संस्था वा ब्यवसायीलाई ६ महिनासम्मका लागि बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गरेर यस्तो आदेश दिएको हो । त्यस्तै, मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे १ सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेमा पटकैपिच्छे दुई सय रुपैयाँ जरिवाना गर्न आदेश दिएको छ ।

त्यस्तै, अध्यादेश बमोजिक दिइएको आदेश कुनै ब्यक्तिले उल्लंघन गरेमा १ लाख रुपैयाँ र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने जानकारी गराइएको छ ।

त्यस्तै, जारी वक्तव्यमा अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

press 11 scaled 1