१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा एमाले संसदीय दलको बैठक बोलाइयो

sudur ums samsadiya dal meeting 20210525111302
फाइल फोटो

सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बोलाइएको छ । सोमबार स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने र एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि प्रदेशमा अहिले आकस्मिक रुपमा दलको बैठक बोलाइएको हो ।

बैठकमा ओली पक्षका सांसदलाई भने खबर गरिएको छैन । ‘हामीलाई दलको नेताले बैठक भनेर खबर गर्नु भयो,’ नेपाल पक्षका एक सांसदले भने, ‘अहिले दलको कार्यालयमा सांसदहरू आइरहेका छन् ।’

ओलीपक्षीय सांसद तथा पूर्व मन्त्री पठानसिंह बोहोराले संसदीय दलको बैठकबारे आफूलाई केहि जानकारी नभएको बताए । ‘हामीलाई खबर आएको छैन । मैले पनि बाहिर बाट सुनेको छु,’ निवर्तमान भैतिक मन्त्री बोहराले बताए ।

५२ जना प्रदेश सभा सदस्यहरू रहेको प्रदेश सभामा एमालेका २५ सांसद छन् । नेपाल पक्षका १८ र ओली पक्षका ६ जना सांसद छन् । आजको बैठकले यहि सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गर्न सक्ने बताइएको छ।