६ बैशाख २०८१, बिहीबार

सिन्धुलीमा कोरोनाबाट थप ३ जनाको मृत्यु

covid death
सांकेतिक तस्विर

मंगलबार सिन्धुलीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाइ नगरपालिका–४ की ७८ वर्षीया महिला, सर्लाही लालबन्दीका ५७ वर्षीय पुरुष र कमलामाइ–१४ की ५५ वर्षीया महिला रहेका छन् । मृतकहरु कोभिड अस्पतालमा उपचाररत थिए ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतक तीनै जनाको अक्सिजनको सपोर्टमा उपचार भएको थियो ।