१४ बैशाख २०८१, शुक्रबार

१ सय ७० देशसँग पुग्यो नेपालको कुटनीतिक सम्बन्ध

nepal and gambia friendship 20210525110308

नेपाल र अफ्रिकी देश गाम्बियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १ सय ७० पुगेको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र गाम्बियाका स्थायी प्रतिनिधि लाङ याबुबीच सम्झौतापछि संयुक्त बक्तव्य सार्वजनिक भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

सन १८१६ मा बेलायतसँग कुटनैतिक सम्बन्ध बनाएर सुरु भएको नेपालको कुटनीतिक यात्रा मुलुक गाम्बियासम्म पुग्दा १ सय ७० भएको छ।

सन २०२१ मा मात्र नेपालले दुई देशसँग कुटनीतिक सम्बन्ध बढाएको छ । गाम्बियासग हुनुअघि सन २०२१ को अप्रिल ३० मा नेपाल र कमनवेल्थ अफ डोमिनिकाबीच कुटनीतिक सम्बन्ध सुरुआत भएको थियो।

सन २०२० मा भने नेपालको कुनै देशसग पनि नयाँ कुटनीतिक सम्बन्ध स्थापना भएन। संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य भएकोमा नेपालले अझैसम्म पनि सबैसँग कुटनीतिक सम्बन्ध बनाएको भने छैन।

    सम्बन्धित समाचार...