११ बैशाख २०८१, मंगलवार

मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई लियो नियन्त्रणमा

162188845853238900

अफ्रिकी मुलुक मालीमा एक वर्षभित्र दोस्रोपटक सत्तापलट भएको छ। त्यहाँको सेनाले राष्ट्रपति बाह नदा र प्रधानमन्त्री मोक्तार ओएनीलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ।

पश्चिम अफ्रिकी देश मालीमा रहेको संयक्त राष्ट्रसंघीय मिशनले यो कदमको आलोचना गरेको छ र नेताहरुलाई तुरुन्त रिहागर्न र शान्ति कायम राख्न अपिल गरेको छ।

सेनाले राष्ट्रपति नदा, प्रधानमन्त्री ओएनीलाई हिरासतमा लिएको छ र उनीहरुलाई राजधानी नजिकको एक सैन्य क्याम्पमा लगिएको छ। रक्षा मन्त्रीलाई पनि हिरासतमा लिइएको समाचारमा जनाइएको छ।

सोमबार अबेर ओएनीले एएफपीलाई फोनमा बताए अनुसार उनीहरुलाई लिन सैनिक आएका छन्। यस लगत्तै फोन काटिएको थियो।

अफ्रिकी संघ, इकोनिोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स, युरोपेली संघ र अमेरिकाले गिरफ्तारीको निन्दा गरेका छन् र नेताहरुको विनाशर्त रिहाइको माग गरेका छन्।

माली सरकारमा आएको फेरबदलको केही घन्टामा नै त्यहाँको नेतृत्वलाई हिरासतमा लिइएको हो। दुई वरिष्ठ सैन्य अधिकारीलाई सरकारबाट हटाइएको थियो जो पछिल्लो सत्तापरिवर्तनमा सहभागी थिए।

नौ महिना पहिला पनि त्यहाँ सैन्य तख्तापलट भएको थियो जसमा राष्ट्रपति इब्राहिम बुबाकर काइतालाई हटाइएको थियो।
जब काइतालाई हटाइएको थियो तब मालिमा धेरै मानिसहरु खुसी थिए तर अन्तरिम सरकारमा सेनाको प्रभाव र सत्तापरिवर्तनको समयमा गरिएको सुधारको प्रतिवद्धतालाई पूरा गर्न भइरहेको ढिलाईका कारण मानिसहरु आक्रोशित बनेका थिए।

यसअघि २०२१ मा पनि सत्ताकब्जा गरिएको थियो जसको फाइदा उठाउँदै इस्लामिक चरमपन्थीहरुले उत्तरी मालीको एक हिस्सामा कब्जा गरेका थिए।