१३ बैशाख २०८१, बिहीबार

मालीका राष्ट्रपतिको हत्या प्रयासमा संलग्न ब्यक्तिको मृत्यु

Mali President

मालीका राष्ट्रपति अस्सीमि गोइटाको हत्याका प्रयास गरेको एक जना अभियुक्तको कैदमा मृत्यु भएको छ । अभियुक्तको पहिचान खुलाइएको छैन् ।

गत् मंगलबार बमाकोस्थित एक मस्जिदमा राष्ट्रपति गोइटालाई चक्कू प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । सरकारले आइतबार एक वक्तब्य जारी गरी छानबीनको क्रममा अभियुक्तको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गराएकोमा दुर्भाग्यवश मृत्यु भएको उल्लेख गरेको छ ।

इद अल अजहा पर्वमा प्रार्थनाका लागि मस्जिद पुग्नुभएका राष्ट्रपति गोइटामाथि चक्कू प्रहारको प्रयास गरिएको थियो ।