१४ बैशाख २०८१, शुक्रबार

नेपाललाई बेलायतले २० लाख डोज खोप दिने, बेलायती संसदमा छलफल

UK Parliament

बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको हो ।

बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्ड्समा विहिबार नेपाललाई उपलब्ध गराइने खोपबारे निर्णय भएको मन्त्रालयले बताएको छ । ‘बेलायती संसदमा नेपाललाई उक्त मात्राको खोप उपलब्ध गराउने जानकारी ब्रिफिङ भएको र यसबारे बेलायतले औपचारिक निर्णय गर्ने जानकारी दिएको मन्त्रालयले दिने भएको छ ।

बेलायती संसदमा विहिबार मध्यान्ह ११ मिनेट महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो । सांसदहरुको प्रश्नमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए ।

यसअघि नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । लर्ड अहमदले यसअघि खोप र स्वास्थ्य सामाग्री आपूर्तिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरिसकेका छन् ।