३ असार २०७८, बिहीबार

विमान दुर्घटनामा सेनाका प्रमुखसहित ११ जनाको ज्यान गयो

28832 1170x675 1 1140x570 1

नाइजेरियामा विमान दुर्घटना हुँदा सेनाका प्रमुख लेफ्टिनेन्ट इब्राहिम अत्ताहिरुको ज्यान गएको छ ।

उत्तर पश्चिम राज्य कडुनामा भएको विमान दुर्घटनामा उहाँ र चालक दलका सदस्यसहित अन्य १० जनाको ज्यान गएको हो । मौसममा आएको खराबीका कारण विमान दुर्घटनामा परेको त्यहाँको सेनाले जनाएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । ५४ वर्षका इब्राहिम अत्ताहिरु गएको जनवरीमा सेनाका प्रमुख बन्नु भएको थियो । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाप्रति दु:ख व्यक्त गर्नु भएको छ ।

as 36 1