१४ बैशाख २०८१, शुक्रबार

एमाले जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिनँः योगेश भट्टराई

yogesh bhattarai
फाइल फोटो

एमाले नेता योगेश भट्टराई बरिष्ठ नेता माधवकुमार नेपालको यो निर्णयबाट पछाडि हटेका छन् । उनले विपक्षी गठबन्धनका तर्फबाट अघि सारिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि कुनै पनि हस्ताक्षर नगरेको बताएका छन् ।

उनले हस्ताक्षर गर्न नमानेपछि उनको नाम काटेर गठबन्धनका तर्फबाट दाबी प्रस्तुत गरिएको नेताहरूले जनाएका छन् । संचारकर्मीसंग कुरा गर्दै उनले पार्टी एकता जोगाउने प्रयास स्वरूप आफूले यो बाटो रोजेको बताए । “म पार्टी एकता जोगाउनुपर्छ भन्नेमा कटिबद्ध छु । म अझै एकता जोगाउन प्रयासरत पनि छु । हेरौँ, कतिसम्म सकिन्छ,” उनले भने ।