१५ चैत्र २०८०, बिहीबार

नयाँ सरकारका लागि राष्ट्रपतिले गरेको आह्वानविरूद्ध सर्वोच्चमा १३ रिट

Supreme Court 43KnAVGEAY

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नयाँ सरकार गठनको आह्वान गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ रिट पेश भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै आज शुक्रबार सर्वोच्च अदालतमा १३ रिट दायर भएको हो ।

शुक्रबार पेश भएका यी सबै रिट समय अभावका कारण दर्ता गर्न नसकिएको सर्वोच्चका रिट महाशाखा प्रमुख बाबुराम दाहालले बताएका छन्। अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाको रिट दायर भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।

रिटहरुमा संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी गरेको सूचना गैरसंवैधानिक रहेको उल्लेख छ ।