१६ चैत्र २०८०, शुक्रबार

दुवै दाबी जाली,किर्ते हुन्, दुवै खारेजगरी चुनाव घोषणाहोस्ः कमल थापा

kamal
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री पदका लागि पेश भएका दुवै दाबी दुवै जाली, किर्ते भएको बताउनुभएको छ । प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले दुवै दाबी जाली र कीर्ते रहेका आरोप लगाउदै दुवै दाबी खारेज गरी निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डालीलाई सुझाव दिनुभएको छ ।

उहाँले समाजिक सञ्जालमा लेख्नुभएको छ, “राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६ (५)अनुसार विश्वासको मत प्राप्तगर्ने आधार छैन । दुवै जाली÷किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस् ।