१४ बैशाख २०८१, शुक्रबार

अनिल कपुरको २६ औं प्रेमिका थिइन् सुनिता

fnq26egd6umeo62y 1595047139

बलिउडका लोकप्रिय अभिनेता अनिल कपूरले २५ युवतीसँग प्रेम गरेको खुलासा भएको छ । हालै भारतिय चर्चित पत्रिका दैनिक जागरण छापिए अनुसार उनले २६ औं युवती सुनीता कपूरसँग विवाह बन्धनमा बाँधिएका थिए । जव उनले २६ औँ प्रेमिका सुनीतालाई विवाह गरेको पनि ३७ वर्ष पुगिसकेको छ ।

अनिलले प्रेमिकाको बारेमा भनेका छन्,‘ मैले स्कुल जीवनदेखि नै मोजमस्ती सुरु गरिसकेको थिएँ । मलाई पढाईमा ध्यान थिएन । त्यहीकारण म कलेजको क्यान्टिनमा गएर बस्थें । क्यान्टिनमा बसेर ३,४ जना युवतीसँग डेट गरिसकेको थिए । त्यसपछि मैले करिब २० देखि २५ जना युवतीलाई प्रेमिका बनाएँ । तर सुनिता नै मेरो जीवनको उत्कृष्ट प्रेमिका थिइन ।’

सुनितासँग अनिलको लभ निकै रोचक रहेको छ । अनिललाई सुनीताको नम्बर उनको कोही साथीले प्रेंक कल गर्नका लागि दिएका थिए । प्रेंक कलमा आएको लेडिज स्वरबाट अनिल प्रभावित भए । अनिलले सुनीतासँग कुरा गरे, सुनीताको स्वरबाट उनी प्रभावित भएपछि उनीहरुले भेट गर्ने निधो गरे । उनीहरुको भेट एक पार्टीमा भयो र पहिलो नजरमै उनले सुनीतालाई मन पराएका थिए । सन् १९८५ मा अनिलले फिल्म ‘मेरी जंग’मा अभिनयको गरेपछि त्यसको भोलिपल्ट सुनीतालाई प्रपोज गरे र पर्सीपल्ट विवाह गरेका थिए । जुन उनको अन्तिम प्रेमिकाससँग घरजम गरेर ३७ वर्ष कटाइसकेका छन् ।