१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

dipak pande

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् । उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । राती ११ बजे तौलिहवा-जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको उनले बताए ।

पाण्डे तौलिहवाका बासिन्दा हुन् । उनको शरीरका दुई गोली लागेको जनाइएको छ । गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो । गोली किन र कसले हान्यो अझै खुल्न सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।