१३ बैशाख २०८१, बिहीबार

डिएसपी केसीको कोरोना संक्रमणबाट मृत्यु

dsp 1024x1024 1

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।केही दिनअघि संक्रमण पुष्टि भई उपचाररत केसीको बुधबार राती प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो।

४३ वर्षीय केसी २०५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवामा प्रवेश गरी २०६१ सालमा खुल्ला प्रतिष्पर्धाबाट इन्स्पेक्टर भएका थिए ।

केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो। काठमाडौँको मूलपानी घर भएका केसीले परिषर प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गर्नु भएको थियो ।