१३ बैशाख २०८१, बिहीबार

ब्राजीलियन गायक केभिनले गरे आत्महत्या

lkfnh

दुई हप्ता अगाडि विवाह गरेका गायकले गरे आत्महत्या

ब्राजीलियन गायक एमसी केभिनले रियो दे जेनेरियोको एउटा होटलको पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

उनले आफ्नी प्रेमिका डियालेन बेजेरासंग दुई हप्ता अगाडि मात्रै विवाह गरेका थिए ।

समाचारमा जनाइए अनुसार केभिनले आत्महत्या गरेको स्थानमा फायर ब्रिगेड पनि पुगेको थियो, जसले २३ वर्षीय गायकलाई अस्पतालमा लिएर गएको थियो ।

केभिनको स्थिति अत्यन्त गम्भीर रहेको बताइएको थियो, जसको केही समयपछि उनको निधन भएको समाचारमा जनाइएको छ ।

केभिन आफ्नी श्रीमतीसंग होटलको ११ औं तल्लाको कोठामा बसेका थिए । त्यही होटलको पाचौं तल्लामा उनका साथी उनलाई भेट्न बसेका थिए, जहाँबाट केभिनले हामफालेर आत्महत्या गरे । अहिले केभिनको आत्महत्या बारेमा प्रहरीले सोधपुछ गरिरहेको छ ।

केभिनकी श्रीमती डियालेन बेजेरा पेशाले एक क्रिमिनल वकिल हुन् ।

केभिनको निधनपछि श्रीमती डियालेनले एउटा ब्ल्याक एन्ड व्हाइट फोटो सोशल मिडियामा पोस्ट गरेकी छिन् । त्यस माध्यमबाट उनले आफ्ना श्रीमान्लाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् । डियालेनले पोर्चुगील भाषमा लेखेको पोस्ट निकै भावुक छ ।

navbharat times

ब्राजिलियन गायक एमसी केभिन साओ पोलोमा जन्मेका हुन । उनको इन्स्टाग्राममा १० मिलियन फलोअर्स छन् ।

केभिन पलिस्ता फंक संगीतले परिचित थिए । उनका धेरै भिडियो पनि भाइरल भएका थिए । केभिनलाई बेलो हरीजन्टे सिटीको एउटा होटलबाट पक्राउ पनि गरिएको थियो । २०१९ मा केभिनलाई ड्रग्स सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो । यस बाहेक केभिनमा विभिन्न आरोप लागेको थियो ।

२०२० मा छिमेकीले उनलाई कोभिड-१९ को नियम उल्लंघन गरेको आरोप पनि लगाएका थिए ।