१४ बैशाख २०८१, शुक्रबार

८२०३ जना कोभिड संक्रमित थपिए, १९६ जनाको मृत्यु

corona insurance

पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जना कोभिड १९ संक्रमित थपिएका छन् भने ६ हजार ८९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार २८६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जनामा संक्रमण देखिएको हो । यस्तै, ६९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

मंगलबार बेलुकीसम्म काठमाडौंमा २ हजार ४९ जनामा संक्रमण देखिएको छ। यस्तै, ललितपुरमा ३३५ जना र भक्तपुरमा २२१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।