१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रियसभाको निर्वाचनमा बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन्: माधव नेपाल सचिवालय

madhav kumar nepal rambahadur thapa

नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ ।

माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् ।

गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

यसअघि, रामबहादुर थापा ‘बादल’ लाई सहयोग गर्ने वचन नेपालले दिएको गृहमन्त्री थापका प्रेस संयोजकले किरण भट्टराईले बताएका थिए । भट्टराईले ‘नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ,’ भट्टराईले लेखेका छन्, ‘ भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’ भनेर लेखेका थिए ।

Capture 2