१६ बैशाख २०८१, आईतवार

ब्राजिलमा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका सयौँ समर्थकले गरे संसद, राष्ट्रपतिको दरबार र अदालतमा हमला

gl32p5wr 720

ब्राजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका सयौं समर्थकहरूले प्रहरी अवरोध तोडेर संसद, राष्ट्रपतिको दरबार र सर्वोच्च अदालतमा आक्रमण गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणलाई तानाशाही भन्दै त्यसको निन्दा गरेका छन् ।

झण्डाको हरियो र पहेंलो लुगा लगाएका प्रदर्शनकारीहरूको सागर राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए । चकित पार्ने तस्बिरहरूले सन् २०२१ को ६ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणलाई झल्को दिएको थियो ।

दक्षिणपूर्वी शहर अराराक्वारामा गम्भीर बाढीले प्रभावित क्षेत्रको भ्रमण गरेका लुलाले ब्राजिलियामा संघीय हस्तक्षेप घोषणा गर्दै आफ्नो सरकारलाई राजधानीमा कानून र व्यवस्था पुनर्स्थापना गर्न विशेष अधिकार दिएका थिए ।

20230108140152 63bb1fb660ff26a0a8c203fbjpeg
64320467 607