१२ बैशाख २०८१, बुधबार

संसद सचिवालयमा महन्थ ठाकुरको पत्रः जसपा संसदीय दलको नेता महतो

rajendra mahato nepal

राष्ट्रिय जनता पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतोले संयुक्त वक्तव्य जारी गरेकै दिन जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ ।

यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहेरनरहेको बारे प्रष्ट छैन ।