१३ बैशाख २०८१, बिहीबार

चितवनमा आज एकैदिन १४ कोरोना संक्रमितको मृत्यु, आईसीयू र भेन्टिलेटरमा २८५ बिरामीको उपचार हुँदै

corona 4
फाइल फोटो

चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जनाको निधन भएको हो ।

त्यसैगरी भरतपुरका अस्पतालहरुमा आईसीयूमा २४१ र भेन्टिलेटरमा ४४ कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये भरतपुर अस्पतालमा १४ जना, चितवन मेडिकल कलेजमा १४० जना, पुरानो मेडिकल कलेजमा ७३ जना र अन्य अस्पतालमा ११ जना बिरामी आईसीयूमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, चितवन मेडिकल कलेजको भेन्टिलेटरमा ३४ जना र पुरानो मेडिकल कलेजमा १० जना रहेका छन् । विगत २४ घण्टामा ५६ जना बिरामी डिस्चार्ज भएका छन् ।