१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

karnali sapath sita nepali 20210517153651

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख गाविन्दप्रसाद कालौनीले नवनियुक्त दुई मन्त्री सीता नेपाली र गोपाल शर्मालाई सोमबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माओवादी केन्द्रका सचेतक नेपालीलाई आन्तरिक मामिला तथा कानून र युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन् भने गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्।

कर्णाली प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधार (९) र धारा १७० को उपधार (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्रिमण्डलको पुनर्गठन गरेको जनाएको छ।