६ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको सपथग्रहण गैरसंवैधानिक,सर्वोच्च अदालतमा चारवटा रिट दर्ता

Supreme Court 43KnAVGEAY

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।