१५ चैत्र २०८०, बिहीबार

कोरोनाले आमासहित पेट भित्रको बच्चाको गयो ज्यान

pregment woman
सांकेतिक तस्विर

कोरोनाको कारण गर्भवती महिलासहित पेट भित्रको बच्चाको मृत्यु भएको छ । विराटनगर १ की ३५ वर्षीया सावित्रा भट्टराईको कोरोनाबाट मृत्यु भएको हो । गत वैशाख १६ गते उनलाई कोरोना देखिएको थियो । सावित्राको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार सावित्रा स्वास्थ्यकर्मी भएको हुनाले उनलाई डाक्टर नर्स सबैले क्रिटिकल केयर दिएका थिए ।

उनको अवस्था निकै जटिल भएपछि आमालाई कि गर्भको शिशुलाई बचाउनुपर्ने विकल्प भएको राजवंशीले बताए । उनको परिवारबाट आमालाई नै बचाउने भनेपछि शिशुको पेटभित्रै मृत्यु भयो । त्यसपछि साबित्राको प्लाज्मा थेरापी पद्धतिबाट पनि उपचार गर्न थालिएको राजवंशीले बताए । कुनै उपचारले उनको स्वास्थ्यमा सुधार ल्याउन नसकेपछि शनिबार राति साढे ९ बजे नै साबित्राको निधन भएको हो ।