११ बैशाख २०८१, मंगलवार

राजेन्द्र महतो बने जसपा संसदीय दलको नेता, महन्थ पक्षका २० सांसद सहमत

rajendra mahato nepal
फाइल फोटो

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

जसपाका अनुसार बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । उनले भने’ ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’