१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार, २२ मन्त्री तीन राज्यमन्त्री

kp oli

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हाल्नुभएको छ भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री हुनुहुन्छ । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभयो ।

ministers