१६ चैत्र २०८०, शुक्रबार

रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय

nishedagya 1140x570 1

रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बिहीबार बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो । यसअघि पहिलोपटक जारी भएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिँदैछ । कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको समेत उनले बताए ।

बिहीबारसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने संक्रमितको संख्या ५९० पुगेको छ । अहिले जिल्लामा ४८६ जना सक्रिय संक्रमित रहेका छन् ।