
फाइल फोटो
जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।
जसपाका अनुसार बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।
२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । उनले भने’ ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’